हिपमत डटकम

आइतबार, पौष २४, २०७९ || 3042  पटक पढिएको

लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टीकटक स्टार  सिम्पल खरेलको सुमधुर स्वरमा  सजिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’  सार्वजनिक  भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत लोकप्रिय संगीतकार टिका दाहालको रहेको छ।  यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन्। भिडियोमा हरि हुमागाईको  छायाँकन र सम्पादन रहेको छ।  गायिका खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो।  खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’ मार्फत  भिडियो सार्वजनिक भएको  हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!