नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदलाई निर्देशन दिएको छ।

शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित हुन तयारी गर्न निर्देशन दिएको हो। बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदले के गर्ने भन्ने बारेमा पनि सांसदलाई जानकारी गराएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

उहाँले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदले केके गर्ने भन्ने बारेमा पनि जानकारी गराइएको बताउनुभयो।

कांग्रेस संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने जानकारी गराउनुभयो। उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने बताउनुभएको छ।

प्रमुख सचेतक लेखकले सिङ्गो पार्टी एकबद्ध भएर प्रतिनिधि सभामा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो। बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय गरेको छ भने संविधान सभा सदस्य प्रतिनिधि सभाको पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!