हिपमत डटकम

शनिबार, पौष २३, २०७९ || 8366  पटक पढिएको

विराटनगर। कवि भारती पोखरेल र भावना उपाध्यायद्वारा लिखित चिदाकाश कवितासंग्रहको विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा चिदाकाश कवितासंग्रहको विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अग्रज समालोचक कविराज न्यौपाने, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेललगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गर्नुभयो ।

विमोचित कृतिका विषयमा कवि एवं समीक्षक शंकर सुवेदी उत्सले टिप्पणी गर्नुभयो । विचोचित कृतिभित्रबाट कवि मञ्जुश्री गिरी, रामबाबु दाहाल, विनोद विवश र अम्विका खरेल उप्रेतीले कविता वाचन गर्नुभयो ।

त्यस्तै साहित्यकार मधु पोखरेल, समालोचक भूषण ढुंगेल, समाजसेवी डा. मीनाक्षी नेपाल, कवि सीमा आभास, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रहमा ५७ वटा कविता समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!