हिपमत डटकम

शनिबार, पौष २३, २०७९ || 290  पटक पढिएको

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी थालेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो साङ्गठनिक अनुभव, प्रमुख राजनीतिक दलका साङ्गठनिक पद्धति र संरचनाबारे अध्ययन थालेको हो ।

 

संघीय र समाजवादी मुलुकका तत् सम्बन्धी दस्ताबेजहरू पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ । जसपाको राजनीतिक समितिले सङ्गठनहरू गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय सङ्गठन विभागले मातहतका पार्टी सङ्गठन, समितिहरू र भ्रातृ संगठनहरुसँंग अभिलेख माग गर्ने भएको छ । आगामी चैत्र सम्ममा विधान अधिवेशन गर्ने र जेठमा पार्टीको महाधिवेशन गर्ने पार्टीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!