उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा पुगेर राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिनुभएको उहाँका प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो।

परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहितको उपस्थितिमा भएको उक्त भेटमा थम्पसनले नेपाल–अमेरिका औपचारिक सम्बन्धले ७५ वर्ष पुरा गरेको स्मरण गर्दै नेपालको विकासका लागि अमेरिकाले आफ्नोतर्फबाट  सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार  तथा यातायात मन्त्रालय सम्हालेकोमा राजदूत थम्पसनले खुशी व्यक्त गर्नुभएको छ। थम्पसनले ऊर्जा र मानवीय क्षेत्रमा मात्र नभएर नेपालको आर्थिक–सामाजिक र कृषिको विकासमा समेत सहयोग गर्न अमेरिका इच्छुक रहेको बताउनुभएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले थम्पसनलाई राजदूतका रूपमा नेपालको बसाइँ उपलब्धिमुलक रहोस् भन्दै शुभेच्छा प्रकट गर्नुभएको छ। तीन महिनादेखि नेपाललाई नजिकबाट अनुभूति गरिरहँदा आफूलाई यहाँको जनजीवन र प्रकृतिले सम्मोहित बनाएको थम्पसनले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!