हिपमत डटकम

बुधबार, पौष २०, २०७९ || 2238  पटक पढिएको

औरही नगरपालिका –७ स्थित इँटाभट्टा नजिक एक व्यक्ति शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको छ । औरही नगरपालिका ७ स्थित एमटीएल इँटाभट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

फेला परेको शवको प्रकृतिले झाको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । सोमबार साँझ घरबाट निस्केका झाको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभएको छ ।

मृतक झा धैरै पहिल्यैदेखि सोही इँटाभट्टामा बस्दै आएका थिए । बायाँ एउटा आँखा फुटेको र घटना स्थलको प्रकृति हेर्दा कसैले हत्या गरेर शव त्यहाँ राखेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शवको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप जानकारी आउने र घटना विषयमा यकिन साथ भन्न सकिने प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो । मृतक झाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएका उहाँले बताउनुभयो ।

“मृतक झा प्रायः जसो मदिरा सेवन गर्ने व्यक्ति रहेको र अहिलेसम्म कोहीसँग त्यस्तो रिसिबी समेत देखिएको छैन ।” प्रहरी उपरीक्षक पंगेनीले भन्नुभयो “तथापि घटना शंकास्पद रहेकाले घटनाबारे अनुसन्धान भइरहेको छ । ”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!