हिपमत डटकम

बुधबार, पौष २०, २०७९ || 734  पटक पढिएको

स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न र गुनासाहरुलाई व्यवस्थित रुपमा सुनुवाई गर्न  ‘हेल्लो वालिङ’ कल सेन्टर सञ्चालन गर्ने भएको छ । स्मार्ट वालिङ निर्माणको क्रममा तय गरिएका सुचकहरु मध्ये गुनासो व्यवस्थापन पनि एक भएकाले कल सेन्टरको स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।

नागरिकका धेरै गुनासो हुने गर्छन, जसलाई सम्बोधन गर्न सेन्टरको स्थापना गर्न लागिएको हो, नगर प्रमुख खाँणले भन्नुयो, “अव हामीले समस्याको पहिचान र तत्कालै समाधानको उपाय समेत अवलम्बन गर्ने छौं ।”

सेवा लिदा कुनै पनि काम गर्दा समस्या आईपरे नागरिकले सिधा सम्पर्क गर्न सक्ने प्रमुख खाँणको भनाई छ । नगरपालिका भित्रका १४ वटै वडाहरुमा नगरले गरेका कामहरु,तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सबै जनप्रतिनिधिहरु नागरिक माझ पुगिनसकेको अवस्था पनि हुनुसक्छ,नागरिकका गुनासाहरु धेरै हुनसक्छन् ,ती गुनासाहरुलाई सहज रुपमा छिटो सुनुवाई गर्न कल सेन्टर लाभदायी हुनेछ ।”

नगरपालिकाले सुशासन कायम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कल सेन्टरको स्थापना गर्न लागिएको नगर उपप्रमुख कविता तिवारी गैरेले जानकारी दिनुभयो । कलसेन्टरमा आएका समस्याहरुलाई हामीले उचित समाधान गर्नेछौं उपप्रमुख तिवारीले भन्नुभयो, “कल सेन्टरका कारण हामीलाई नागरिकसँग जोडिन समेत सहज हुनेछ ।”

कल सेन्टरमा फोन गर्दा कुनै शूल्क नलाग्ने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कल सेन्टरका कारण कर्मचारीहरुलाई सेवा प्रवाह प्रति जिम्मेवार र सचेत बनाउने स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!