हिपमत डटकम

मंगलबार, पौष १९, २०७९ || 12449  पटक पढिएको

उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेपछि पहिलो पटक एकान्तकुनास्थित यातायात कार्यालयमा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा सो कार्यालय प्रमुखलाई सेवाग्राहीलाई छिटो र छरितो रूपमा सेवा दिन निर्देशन दिनुभयो ।

उहाँले कार्यालय निरीक्षण गरेपछि सोबारे पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरी चाँडै कार्यालयको कामकारबाहीलाई डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने बताउनुभयो ।

उहाँले यातायातको सुधार व्यवस्थापन गर्ने कार्ययोजना ल्याउन सङ्घ र प्रदेश मन्त्रालयको बैठक बस्ने बताउनुभयो ।

‘‘सेवाग्राहीले पीडा पाएका छन्, बिहानदेखि आएर पनि काम भएको छैन, यहीँ आएर पेसा बुझाउन आएका छन्, अहिलेको नयाँ युगमा पनि । यी सबैलाई सम्बोधन गर्न नयाँ सुधार कार्यक्रम ल्याउनुपर्छ ।’’ उहाँले भन्नुभयो, ‘‘ सेवाग्राहीको पीडा पनि देखेँ, कर्मचारीको मनोबल, सम्मान र प्रतिष्ठा उच्च बनाएर जिम्मेवारीबोध गराउन चाहन्छु, सुशासन पहिलो र समयमै काम गर्न गरी कार्ययोजना ल्याउँछौँ ।’’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!