हिपमत डटकम

मंगलबार, पौष १९, २०७९ || 1603  पटक पढिएको

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिबीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आज आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिबीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताउनुभयो । वामपन्थीको एकताको सम्बन्धमा सबैको एकमत रहेको उहाँको भनाइ छ ।

त्यस्तै, सङ्गठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सदस्यहरू एकमत रहेको उल्लेख गर्नुभयो । बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राख्नुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अधिकांश आफ्नो पार्टीलाई सबल बनाएर शक्ति सुदृढीकरण गरिसकेपछि मात्रै हामी सबै उपलब्धि प्राप्त गर्नसक्छौँ ।’

‘वाम एकताको बारेमा, वामपन्थीलाई एकताबद्ध बनाउन पहल गर्ने कुरामा सबैको एकमत छ । निर्णय भएको छैन । अरू कतिपय विषयमा विभिन्न प्रकारका छलफलहरू चलिरहेका छन्’ उहाँले भन्नुभयो । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उहाँको भनाइ छ ।

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएसँगै आफूलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताउनुभयो । व्यक्तिगत रूपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भए पनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!