हिपमत डटकम

सोमबार, पौष १८, २०७९ || 12367  पटक पढिएको

नेपाल प्रहरीले विभिन्न आपराधिक कार्यमा संलग्न आठजनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

नेपालगञ्जको गणेशपुरमा आइतबार दिउँसो नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्ज्वल शाह र नेपालगञ्ज ३ का शुभम शाहलाई खुकुरी प्रहार गरी फरार रहेका चारजनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

सो घटनामा संलग्न नेपालगञ्ज १८ का विनय भण्डारी, ६ का तासे भन्ने प्रकाश थापा, राप्ती–सोनारी २ का नारायण डाँगी र बैजनाथ ५ का प्रकाश रसाइली भन्ने तुलसीराम सुनारलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । घटनालगत्तै फरार रहेका चारैजनालाई डुडुवा गाउँपालिका २ को दासपुरबाट नियन्त्रणमा लिइएको डिएसपी मगरले बताउनुभयो । घटनामा प्रयोग भएको दुईथना खुकुरी र भारतीय नम्बर प्लेटको युपी ३२ ईयू ८६१६ नम्बरको कार बरामद गरिएको छ ।

“प्रारम्भिक अनुसन्धानका क्रममा दुई समूहबीचको इगोको आधारमा घटना भएको देखिन्छ,” डिएसपी मगरले भन्नुभयो,– “थप अनुसन्धान जारी छ ।’’

प्रहरीले दिएको जानकारीअनुसार अङ्ग्रेजी नयाँ वर्षको साँझ नेपालगञ्जको कारकादौंस्थित स्टारलाईट होटलमा खुकुरी प्रहारबाट घाइते भएका अनुराग शाह र घटनामा संलग्न रहेका तासे भन्ने प्रकाश थापाको समूहबीचमा वादविवाद र झगडा भई थापाको टाउकोमा चोट लागेको थियो ।

सोही घटनाको बदला लिने उद्देश्यले शाह समेतमाथि योजना बनाई खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । दुवै समूह फरक–फरक राजनीतिक पृष्ठभूमि भएको प्रहरीले जनाएको छ । यसैबीच, नेपाल तरुण दल बाँकेले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गरेको छ ।

यसैबीच, पुस १४ गते बिहान नेपालगञ्जस्थित जयन्दु बाल सुधार गृहको भेन्टिलेसन तोडेर फरार चारजनालाई प्युठानको नौबहिनी गाउँपालिका ४ बाट पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!