हिपमत डटकम

सोमबार, पौष १८, २०७९ || 734  पटक पढिएको

सर्लाही प्रहरीले यहाँको अति दुर्गम भेगस्थित लालबन्दी नगरपालिका –१४, नारायण खोला किनारमा आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मलङ्गवामा नयाँ प्रहरी प्रमुख नरेशराज सुवेदीको नेतृत्वमा गाँजा खेती नष्ट गरिएको हो । गाँजा नष्ट गर्न सोमबार पनि जिल्ला प्रहरी कार्यालय मलङ्गवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली नारायण खोलातर्फ गएको छ ।

प्रहरी टोलीले आइतबार पहिलो दिन नारायण खोलास्थित सत्रकठ्ठा क्षेत्रमा ८ बिघा बढीको तयारी हुन लागेको गाँजा फडानी गरेको छ । प्रहरी उपरीक्षक सुवेदीले आफू गत शुक्रबार जिल्लामा हाजिर हुनासाथ कानुनद्वारा निषेध गरिएको गाँजाखेती नष्ट गरेको बताउनुभयो ।  सूचना पाएको र शनिबार आफै सूक्ष्म अनुसन्धानमा जाँदा सूचना बमोजिमकै गाँजा खेती भइरहेको देखेपछि आइतबारदेखि प्रहरी टोली पठाएर फडानी गर्न सुरु गरेको उहाँले बताउनुभयो ।

स्थानीयले गाँजा खेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजा खेती गर्दै आइरहेका छन् ।

अहिले त्यहाँ डाँडाकाँडा गाँजा खेती गरिएको छ । नारायण खोला सत्र कठ्ठाका एक स्थानीयले तयार हुन लागेको गाँजा एक्कासि प्रहरी आएर नष्ट गरिदिँदा आफूहरू ठूलो मारमा परेको गुनासो गरेका छन् ।

गाँजा खेती कानुनद्वारा वर्जित हो भन्ने थाहा पाउँदा पाउँदै अन्य बालीको साटो आम्दानी राम्रो हुने देखेर स्थानीयले गाँजा खेती गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!