हिपमत डटकम

सोमबार, पौष १८, २०७९ || 841  पटक पढिएको

बारा । सशस्त्र प्रहरीले बारामा हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्लाको पचरौता न.पा.-४ स्थित बीओपी बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले गुलरियास्थित नाकाबाट आउँदै गरिरहेको व्यक्तिको हाउभाउ हेर्दा शङ्का लागि चेकजाँच गर्दा पेस्तोल फेला पारेको हो ।

पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण जिल्ला मोतिहारी- १६ बस्ने अन्दाजी ४० वर्षीय चन्दन कुमार रहेका छन् । प्रहरीले उनको दाहिना कम्मरमा होस्टाइलभित्र मोडल नं. 2022 RFI पेस्तोलमा ३ राउन्ड गोली लोड भएको अवस्थामा र ४ राउन्ड (KF76.5) फेला पारेको थियो । उनको साथबाट ११ हजार २७० रुपैयाँ, भारतीय आधार कार्ड-३ वटा (आफ्नो, श्रीमती र दाइको) र OPPO मोबाइल सेट पनि बरामद गरेको छ । कुमारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई थप अनुसन्धान कार्यका लागि बुझाउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!