चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरबको अल नासर एफसी क्लबमा अनुबन्ध भएका छन्। उनी सो क्लबबाट सन् २०२५ सम्म फुटबल खेल्नेछन्।

क्लब र रोनाल्डोबीच कति पैसामा सम्झौता भएको बारे हालसम्म क्लब र रोनाल्डो स्वयंले पनि केही सार्वजनिक गरेका छैनन्। तर एक स्रोतका अनुसार रोनाल्डोले ७५ मिलियन डलरमा सम्झौता गरेका हुन्।

रोनाल्डो यो भन्दा अगाडि मैनचेस्टर युनाइटेडबाट खेल्थे। तर उनी र क्लबबीच बिवाद हुँदा विश्वकप फुटबल हुनुभन्दा केही समय अगाडि रोनाल्डोले सम्झौता भंग गरेका थिए।

त्यतिबेला उनेले भनेका थिए, ‘मैनचेस्टर युनाइटेडसँग कुरा गरेर म मेरो सम्झौता समाप्त गर्नको लागि सहमत भएको छु। म मैनचेस्टर युनाइटेडलाई माया गर्छु र मेरा प्रशंसकहरुसँग पनि माया गर्छु। जो कहिले बदलिने छैन। यो एक नयाँ चुनौतीको खोजी गर्ने समय हो। समय लाग्न सक्छ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!