हिपमत डटकम

शनिबार, पौष १६, २०७९ || 356  पटक पढिएको

 वि.सं. २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएका जननायक बीपी कोइरालाले भन्नुभएको थियो, “राष्ट्रिय सङ्कटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। हाम्रो कार्यक्रम ‘राष्ट्र रहेन भने हामी रहन्नौँ’ भन्ने भावनाले प्रेरित हुनुपर्छ।”

नेपाली कांग्रेसका संस्थापक कोइरालाले भारत निर्वासनबाट फर्किएलगत्तै दिनुभएको मन्तव्य अहिले पनि उत्तिकै सान्दर्भिक छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किनुभयो। नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ। निर्वासनमा रहेका बेला दक्षिण एसियाको बदलिँदो राजनीतिक घटनाक्रमका कारण देशको राष्ट्रियतामाथि खतरा देखेपछि स्वदेश फर्किनुभएको थियो।

कांग्रेस महामन्त्री एवं बौद्धिक नेता विश्वप्रकाश शर्माले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर बीपीले ल्याउनुभएको नीति सधैँ सान्दर्भिक हुने बताउनुभयो। उहाँले ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहँदा दलहरूले नवीन रूपान्तरणको सङ्कल्प गर्ने बेला आएको र समुन्नतिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “बीपीको नीतिको मुख्य केन्द्रमा जनता थिए। लोकतन्त्रका लागि सङ्घर्ष र राष्ट्रियताका लागि एकता बीपीको मन्त्र थियो। त्यसैले लोकतन्त्रलाई केन्द्रमा राखिएकाले त्यो विषय सधैँ सान्दर्भिक हुन्छ।”

पूर्वउपसभामुख चित्रलेखा यादव र नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जनआकाङ्क्षा पूरा गर्न र समुन्नत राष्ट्र निर्माणका लागि प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य र मेलमिलाप अझै सान्दर्भिक र आवश्यक रहेको बताउनुभयो। उपमहासचिव ज्ञवालीले भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको उदयसँगै नेपाली राष्ट्रियतामाथि जटिलता आएको कुरालाई दृष्टिगत गरी बीपी स्वदेश फर्किनुभएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!