शनिबार, चैत्र ०१, २०७६ || 1234  पटक पढिएको

व्यावसायिक फूलखेती पाल्पाको रामपुरमा फष्टाउँदै गएको छ । रामपुर नगरपालिका–४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा तथा लालबहादुर थापाले बेमौसमी फूल खेती समेत शुरु गरेका छन् । शहरीरुपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग रामपुरमा पछिल्लो समय भारत लगायत छिमेकी देश र अन्य जिल्लाबाट फूलको आयात हुने गरेकोले यसलाई निरुत्साहित गर्दै व्यवसाय थालेको व्यवसायी दिलबहादुरको भनाइ छ । विवाह, अन्य मेला, महोत्सव र विविध सार्वजनिक कार्यक्रममा सयपत्री फूलको मालाको माग बढेकाले फूलखेती बेमौसमीरुपमा पनि गर्न थालेको उहाँले बताउनुभयो । हाम्रो आधुनिक कृषि फर्म सञ्चालन गरी केही वर्ष पहिलेदेखि मौसमी बेमौसमी तरकारी खेति थालेका थापा दाजुभाइले पछिल्लो समय फूलको परीक्षण गरे पछि राम्रै हुने अनुभव लिएका छन् । गएको तिहारमा पनि फूलको गुच्छा, माला नारायणघाट, बुटवल, पोखरा, स्याङ्जा, तनहुँ र पाल्पाका विभिन्न स्थानमा बिक्री गरेर राम्रै आम्दानी भएको लालबहादुरले बताउनुभयो । बेमौसममा झन बिक्री हुन्न कि भन्ने चिन्ता भए पनि रामपुरमा सञ्चालित महायज्ञलगायत विभिन्न कार्यक्रम, विवाहमा फूल खरिद गरेकाले राम्रै बिक्री भएको थियो । करिब साढे ११ रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरे पनि करिब दुई रोपनी जग्गामा फूलखेती सञ्चालन गर्नुभएको दिनबहादुरले बताउनुयभयो । मागअनुसार पु¥याउन नसकिएको उहाँको भनाइ छ । सयपत्री फूलका कारण माटोलाई फाइदा हुने र किराले समेत नखाने हुँदा तरकारीभन्दा खेती गर्न गर्न सजिलो हुने उनीहरुको भनाइ छ । करिब १५ सय बिरुवाको उत्पादन बिक्री भइरहेको र अन्य थप ६०० बिरुवा रोपिसकिएको छ । “अब विवाह तथा प्रेमदिवसका अवसरमा गुलाब फूलको समेत माग भएकाले त्यसको खेती गर्ने सोच छ”, दिलबहादुरले भन्नुभयो । गत तिहारमा करिब रु एक लाख ५० हजार फूलबाटै मात्र आम्दानी भएको र यसपालि मेमौसममा रु तीन लाखसम्म आम्दानी हुने आशा दाजुभाइको छ । प्रतिमाला रु १०० र प्रतिकेजी फूलको रु ४०० मा बिक्री हँुदै आएको छ । यसअघि वैदेशिक रोजगारीमा गएका युवाले नेपालमै पनि मेहनत गरे प्रतिफल राम्रो हुने विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!