हिपमत डटकम

शुक्रबार, पौष १५, २०७९ || 1141  पटक पढिएको

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको छ ।

 

प्रमुख सत्ता साझेदार दलको बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न एमाले अध्यक्ष ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।

सात दलको समर्थनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि उहाँहरुबीच निरन्तर छलफल हुँदै आएको छ । हिजो बिहीबार खुमलटारमा उहाँहरुबीच भएको वार्तामा शक्ति बाँडफाँट एवम् सरकार सञ्चालन सम्बन्धमा लामो समय छलफल भएको थियो ।

त्यसपछि सत्ता साझेदार दलका मुख्य नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिमण्डल गठन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!