कृष्णा प्रसाद कुशवाहा

शुक्रबार, पौष १५, २०७९ || 604  पटक पढिएको

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका घर टहरा हटाउने कार्य सुरु गरेको छ । गाउँपालिकाले आजदेखि डोजर प्रयोग गरी अतिक्रमण गरिएको जग्गा खाली गराउन थालेको हो ।

गाउँपालिकाको वडा नं २ बहुआर्वामा सडक निर्माणका लागि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन थालेको गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले बताए ।

“गत महिनामै ३५ दिने सूचना प्रकाशन गरी अतिक्रमण हटाउन भनेका थियौँ,” उनले भने, “त्यसपछि पनि सूचना जारी गरी जानकारी गराइयो । अतिक्रमण नहटाइएपछि डोजरको प्रयोग गरी हटाउन थालेका हौँ ।”उनका अनुसार सार्वजनिक अतिक्रमणको चपेटामा परेको गाउँपालिकाको पुरै वडामा नापनक्सा गरी सार्वजनिक जग्गाको अतिक्रमण हटाइन लागेका छौ ।

सडक निर्माणका लागि ठेक्का आह्वानको कार्य भइसकेको छ,” उनले भने, “तत्काल जग्गाको अतिक्रमण हटाउनुपर्ने भएकाले यस कार्यमा लागेका छौँ ।” अतिक्रमण गरिएको जग्गा हटाउने कार्यमा वडा अध्यक्ष अछेलाल महत्तो , पूर्व वडा अध्यक्ष सञ्जय चौहान , स्थानिय नेता पशुराम यादव लगायत स्थानिय प्रहरी प्रशासनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!