रबिन्द्र बराल

बिहिबार, पौष १४, २०७९ || 1207  पटक पढिएको

महिला हिंसा न्यूनिकरण सम्बन्धमा स्थानिय तहका पदाधिकारीहरू र नेपाल प्रहरी बीच एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । युनिसेफको सहयोगमा नेपाल प्रहरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुदृढ गर्दै बालबालिकाका लागि न्याय निर्देशनालय परियोजनाको अनुगमन तथा मूल्याङ्कन भ्रमण कार्यक्रम अन्तर्गत साे कार्यक्रम गरिएको थियोे । रंगेली नगरपालिका ७ स्थित तिरुपति बालाजी मंन्दिर को सभाहलमा इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा उक्त कार्यक्रम काे आयोजना गरिएको थियोे ।

कार्यक्रममा काे प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरी शर्मा, रंगेली नगर प्रमुख दिलिप अग्रवाल, उपमेयर भुमा पराजुली ,ईलाका प्रहरी रंगेली का प्रहरी निरिक्षक शैलेश न्याैपाने, बडा अध्यक्ष रामचन्द्र मंण्डल, धनपालथान गाउँ गाउँ पालिका प्रमुख ,लगायत अन्य पालिका प्रमुख तथा जनप्रतिनिधिहरु, महिला संजाल, सरोकारवाला हरुकाे समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी हरु लाई मानसिक हिंसा घरेलु हिंसा, शारिरिक यातनाको डर, धम्काउने, त्रासपूर्ण व्यवहार गर्ने, गाली गलौज गर्ने, झुठ्ठा बात लगाउनु, घरबाट निकालागर्ने,वैचारिक,धार्मिक,सास्कृतिक, प्रथा परम्पराका आधारमा भेदभाव गर्ने, शिशु (भ्रुण) पहिचान गरी पतन गर्न नहुनें, बोक्सी आरोप लगायत का बिषयमा महिला हिंसा न्यूनिकरणमा स्थानिय,जनप्रतिनिधि र प्रहरी बिच महिला तथा बालबालिका सम्बन्धि कानुनी व्यवस्था र नगरपालिकाको भुमिका सम्बन्धमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!