हिपमत डटकम

बुधबार, पौष १३, २०७९ || 2645  पटक पढिएको

गैरआवासीय नेपाली संघ एनआरएनएओ ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिएको छ । एनआरएनएका अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी र कुल आचार्यले बुधबार प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् ।

 

उनीहरूले प्रचण्डको प्रधानमन्त्रीको कार्यकाल समृद्ध मुलुक निर्माणका लागि फलदायी र ऐतिहासिक हुने विश्वास राखेका जनाएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको कुशल नेतृत्वमा राष्ट्रको आर्थिक र सामाजिक विकासले गति लिने र मुलुक सम्बृद्धि तर्फ उन्मुख हुनेमा संघ विश्वस्त रहेको छ । नेपालको इतिहासमै पहिलो पटक संवैधानिक व्यवस्था बमोजिम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नेपालको संसदबाट दुई, दुई पटक विधेयक पारित गराउन तत्कालिन सरकारलगायत यहाँले निर्वाह गर्नु भएको भूमिकाको संघ उच्च मूल्यांकन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रचण्डको कार्यकालमा गैरआवासीय नेपालीका नागरिकता, वैदेशिक रोजगारीका समस्या, गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण प्रदान गर्ने तथा अन्य हक, हित र अधिकारका विषय सम्बोधन हुने विश्वास पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!