हिपमत डटकम

बुधबार, पौष १३, २०७९ || 478  पटक पढिएको

झापाको झापा गाउँपालिकामा चोरी भएको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ५ का २३ वर्षीय प्रकाश गनगाई र सिन्धुली घरभई हाल हाल झापा गाउँपालिका ६ बस्ने २० वर्षीय रोशन दमाई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत ६ गते राती झापा गाउँपालिका ५ बस्ने सुर्यनारायण गणेशले प्रयोग गर्दै गरेको १५० सिसिको प्र १०११२ प ८०५० नम्बरको पल्सर घरकै बरण्डाबाट हराएको थियो । मोटरसाईकल चोरी भएको हप्तादिन पछी भारतमा लगेर बेचेको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक विरबहादुर भण्डारीको कमान्डमा रहेको टोलीले आरोपी सँग सुराग हात पारेपछी मोटरसाइकल सम्म पुगेको थियो । भारतको बिहार स्थित तुलसियामा भारतिय प्रहरीको सहयोगमा मोटरसाइल नेपाल ल्याउन प्रहरी सफल भएको हो ।

गनगाईलाई आसंका गरि प्रहरीले कुरा खोतले पछि गनगाईले मोटरसाईकल चोरेर भारत लगेर बेचेउ भनेपछी प्रहरीलाई सुराग मिलेको थियो । भारतको तुलसियामा सो मोटर साइकल १२ हजारमा गनगाईले बेचेको प्रहरीले बताएको छ । चोरीमा संलग्न दुबैलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!