हिपमत डटकम

मंगलबार, पौष १२, २०७९ || 18933  पटक पढिएको

काठमाडौं, १२ पुस बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ धुनिवेशी नगरपालिका(५ घर भई चितवन भरतपुर बस्न ५१ वर्षीय पंचम अकौलिया र खोटाङ ऐसेलुखर्क गाउँपालिका(८ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१० बस्ने ४८ वर्षीय जयकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये पंचमलाई उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना र जयकृष्णलाई सोही अदालतको २०७९ कात्तिक २९ गतेको फैसलाले २ दिन कैद र ५ लाख जरिवान ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पंचमलाई मंगलबार चितवन भरतपुरबाट र जयकृष्णलाई सोमबार काठमाडौं चुनिखेल काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!