श्रुति संगीत विद्यालयमा संगीतको अध्ययन गरिरहेकी गायिका प्रज्ञाको सांगीतिक क्षेत्रमा भर्खर भर्खरनै आगमन भएतापनि प्रज्ञाले विभिन्न विधामा आफ्नो गायकी देखाउन सफल भईसकेकी छिन् । वुआआमा राजकुमार अधिकारी र तारा अधिकारीको साथ तथा गुरु नरहरि प्रेमीको मार्गदर्शनमा आफ्नो पढाई, काम , गायकी तथा अभिनयलाई पनि साथसाथै अघि बढाईरहेकी छिन् ।
पछिल्लो पटक सार्वजनिक भएको गीतमा रोमान्टिक तथा वियोगान्त भाव आफ्नो गायकी तथा अभिनयमा देखाउन सफल प्रज्ञाले यसपटक भने मोर्डन गायकी तथा आफ्नो नृत्य कलालाई दर्शक श्रोताहरुमाझ प्रस्तुत गरेकी छिन् । गोदावरी लगायत काठमाडौँका विभिन्न भागमा छायाँकन गरिएको भिडियोतर्फ व्यवस्थापन पुष्पा पौडेल , श्रृङ्गार विमला गौतम , कोरियोगा्रफी राजकुमार दर्जी (एभरेष्ट राज) , सहायक कोरियोगा्रफी सलिना तामाङ, छायाँकन उत्सव दाहाल , सम्पादन तथा निर्देशन राज कुमारको रहेको छ ।