काठमाडौ । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले आत्मआलोचना गरे नेत्रविक्रम चन्दसंग सहकार्य हुन सक्ने बताएका छन ।
आजकाठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण चन्दलाई कारवाही गरि छुट्टिएको भन्दै आत्मआलोचना गरे सहकार्य गर्न तयार रहेको बताएका हुन । उनले नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा रहेकै अवस्थामा रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउने कार्य गलत भएको समेत बताए ।
नेता बास्तोलाले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न जननिर्वाचित न्यायलयको व्यवस्थालाई अंगाल्नुपर्ने बताए । उनले प्रधानमन्त्री बनेकोमा आफुहरुको कुनै आक्रोश नरहेको तर संसदीय राजनीतिक प्रणालीबाट समाजवाद नआउने बिषय प्रमुख भएको बताए ।