हिपमत डटकम

मंगलबार, पौष १२, २०७९ || 10147  पटक पढिएको

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक चोक डेरा गरी बस्ने खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-७ घर भएका २८ वर्षीया नमुना रोकाको कोठाबाट ल्याप्टप १ थान, मोबाइल १ थान, नगद २० हजार रूपैयाँ र विभिन्न सुन चाँदीका गहना समेत गरी करिब ३ लाख ९ हजार ६ सय रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।

धनुषा, मिथिला बिहारी नगरपालिका-१० ठेरा दुर्गा मन्दिरको स्टोरबाट ३ वटा पितलको थाल, ९ वटा घण्टी, ९ वटा कलश, दानपेटिमा रहेको नगद २५ हजार रुपैयाँ र सोही ठाउँस्थित वडा कार्यालयबाट १ थान कम्पुटर समेत गरी करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

कन्चनपुर, बेलौरी नगरपालिका-२ बैजुडाँडा बस्ने ३८ वर्षीय मनोज चौधरी र ४३ वर्षीय प्रेम नाथ चौधरीको घरबाट नगद र सुनका विभिन्न गहना समेत गरी करिब ४ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!