रबिन्द्र बराल

मंगलबार, पौष १२, २०७९ || 2997  पटक पढिएको

माेरङ काे रंगेली , डाईनियाँ,सिक्टि,मायाँगन्ज,साेराभाग,कर्सिया, नाेचा, चाेप्राह, लगायत काे सिमाक्षेत्र मा नेपाल प्रहरी र ससस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा वनाइए पछि सिमानाका वाट हुने चोरी तस्करी नियन्त्रणमा आएको छ । प्रहरीले सिमावर्ती नाकामा उच्च शर्तकता अपनाउदै सुरक्षा व्यवस्था कडा बनाए पछि सबै नाकाबाट चोरी तस्कारी नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय रंगेलीको मातहत ले २६ किलोमिटर नेपाल भारतको सिमानाका जोडिएको छ ।

सो नाकामा नेपाल प्रहरीको आधादर्जन भन्दा वढि प्रहरी चौकी रहेका छन । नेपाल प्रहरी र सशत्र प्रहरीले सिमानाकामा २४ घन्टा डयुटि गरेपछि चोरी तस्करी नियन्त्रण तथा लागुओैषध ओसार पाेसार मा समते नियन्त्रणमा आएकाे स्थानीयले बताए । साे क्षेत्रकाे शान्ती सुरक्षमा समेत सुधार आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शैलेश न्यौपाने ले बताएका छन । प्राय प्रहरी चौकीमा आवश्यता अनुसार प्रहरीको दरवन्दि छैन । थाेरै संख्यामा प्रहरी भएता पनि उनी हरुलाई परिचालन गरि आफुले सिमानाका वाट हुनसक्ने कुनै पनि प्रकारको अवान्छित गतिविधी हुन नदिएको न्याैपाने ले बताएका छन ।

यस आर्थिक बर्ष श्रावण महिन देखि ईलाका प्रहरी कार्यलय रंगेली ले खाद्यान्न ,लत्ताकपडा ,गाई, गाेरु लगायत बाट ३० लाख बराबरको राजस्व उठाएकाे छ । सिमानाकामा नेपाल प्रहरी तथा सशत्र प्रहरी अहोरात्र खटि रहने भएकाले चोरी तस्करी हुन लागेका लाखौ मुल्यका समान आफुहरुले पक्राउ गरेको प्रहरी निरिक्षक न्यौपाने ले बताए । सिमानाका संग रंगेली, डायनिया, कर्सिया, दादरवैरिया , वेतौना, कदमाहा तथा रामचौक लगायतका नेपाली वजार जोडिएका छन । सो वजारका नाका भएर केही वर्ष अघि खादान्न , कृषि उपज तथा पशुचौपाया लगायतका वस्तुहरु तस्करी हुने गरेपनि अहिले आएर सवै प्रकारका तस्करी नियन्त्रणमा आएको स्थानिय ले बताए । इलाका प्रहरी कार्यालय रंगेली मातहतका सवै नाकामा नेपाल प्रहरी र सशत्र प्रहरीले चौविशै घन्टा गश्ति र निगरानी गर्ने गरेकाले पनि तस्करी नियन्त्रणमा आएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!