शनिबार, चैत्र ०१, २०७६ || 603  पटक पढिएको

चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । परीक्षामा पाल्पाबाट पाँच हजार ६८ विद्यार्थी सहभागी हँुदैछन् । नियमिततर्फ चार हजार ८९६ र ग्रेडवृद्धितर्फ २१६ विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहमा २५ परीक्षा केन्द्र तोकिएको छ । तानसेन नगरपालिकामा जनता, पद्यमा पब्लिक, महेन्द्रबोधी, सेन, मोहनकन्या, न्यु होराइजन बोर्डिङ, दमकडा, शारदा र त्रिभुवन मावि छन् । रामपुर नगरपालिकामा दरैठाँटी, रामतुलसी र जनविकास माविमा परीक्षा केन्द्र तोकिएको छ । निस्दी गाउँपालिकामा जनता, पूर्वखोला गाउँपालिकामा उद्बुद्ध, रम्भा गाउँपालिकामा रम्भा र जनकल्याण, बगनासकाली गाउँपालिकामा विष्णु, दर्लमडाँडा, चन्द्र माविमा परीक्षा केन्द्र परेका छन् । माथागढी गाउँपालिकामा किसान र शौभाग्य, रिब्दीकोट गाउँपालिकामा भवानी र भैरव जनता, रैनादेवी छहरा गाउँपालिकामा महाकाली र भैरव नवदीप मावि परीक्षा केन्द्र तोकिएको छ । जिल्लाभरमा प्रत्येक परीक्षा केन्द्रमा एक÷एक परीक्षा केन्द्राध्यक्ष र दुई÷दुई सहायक केन्द्राध्यक्ष खटाइनेछ । प्रत्येक केन्द्रमा १५ सुरक्षाकर्मी परिचालन गरिने छ । सबै स्थानीय तहमा उत्तरपुस्तिका पुगिसकेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म परीक्षा सञ्चालन हँुदैछ । पहिलो दिन चैत ६ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ । अस्पताललाई नौ लाखको स्वास्थ्य सामग्री लायन्स क्लब अफ श्रीनगर पाल्पा अस्पताललाई रु नौ लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार सहयोग गरेको छ । वार्मर, फोटो थेरापी, बेबी रिससिटेसन, अप्टीमा सोलुसन जस्ता बच्चाको उपचारलाई प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरिएको हो । क्लबका अध्यक्ष नारायणबहादुर कार्कीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई तीसामग्री प्रदान गर्नुभयो । विसं १९७० मा स्थापित पाल्पा जिल्लाकै पुरानो सरकारी अस्पताल हो । समयअनुसार आधुनिक प्रविधिका सामग्री नहुँदा उपचारमा कठिनाइ भइरहेको छ । उपचारमा सहज होस् भनी लायन्स क्लबअन्तर्गत इटलीबाट प्राप्त सामग्री अस्पताललाई सहयोगस्वरुप प्रदान गरिएको क्लबका अध्यक्ष कार्कीले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले जिल्लाकै पुरानो अस्पताल भए पनि सामग्रीको अभावमा सेवा प्रवाहमा समस्या परिरहेका बेला क्लबले गरेको सहयोगले अस्पताल सञ्चालनमा ठूलो सघाउ पुगेको बताउनुभयो । क्लबले प्रदान गरेको स्वास्थ्य सामग्री २८ दिन भन्दामूनिका बच्चाको उपचारका लागि प्रयोग गरिन्छ । यसअघि यहाँ जन्मिएका बच्चामा कुनै समस्या देखिए थप उपचारको लागि महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता थियो । भर्खर जन्मिएको बच्चालाई उपयुक्त तापक्रम नपुगेमा वार्मरको प्रयोगले आवश्यक तापक्रम उपलब्ध गराइने जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत डाक्टर जगदिश कँुवरले जानकारी दिनुभयो । फोटो थेरापीले कमलपित्तको उपचार, बेबी रिससिटेसनले श्वासप्रश्वासमा समस्या भएका बच्चालाई कृत्रिम स्वास दिने काम गर्छ । अप्टीमा सोलुसन हात धुन प्रयोग गरिन्छ । उपचारका सामग्री र औषधिको अभावले सोचे जति बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!