बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्दिय सभापति बाट रवि लामिछाने उपप्रधानमन्त्रि बन्ने भएका छन्।
उनले उपप्रधान सहित गृह मन्त्रालयको दाबि गरिरहेका छन् तर यस बिषयमा अहिले टुंगो लागेको छैन।
नव गठित सरकारमा रबि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य सांसद पनि मन्त्रि बन्ने छन्।
रबि संगै आज उपप्रधानमन्त्रीमा नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले पनि शपथ लिदै छन्।
एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने निश्चित छ ।माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनमा छलफल जारी छ ।