हिपमत डटकम

सोमबार, पौष ११, २०७९ || 1458  पटक पढिएको

१४ वर्षकी नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –१, ठूलीउदाङ्का २१ वर्षीय हिमाल सोमरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रुपन्देही जिल्ला सैनामैना घर भएका र हाल तिनाउ –१, मा मामाघर बस्दै आएका १४ वर्षकी नावालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले सोमरेलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको परिवारबाट आएको जाहेरीका आधारमा निज आरोपी सोमरेलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!