हिपमत डटकम

सोमबार, पौष ११, २०७९ || 2546  पटक पढिएको

श्री शाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष ११ गते सोमबार तद्अनुसार सन् २०२२ दिसेम्बर २६ तारिख पौष शुक्ल पक्षको तृतीया तिथि ९:२४ पर चतुर्थी तिथि श्रवण नक्षत्र हर्षण योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६:५४ मा र सूर्यास्त साँझ १७:१४ बजे हुनेछ । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज कार्यबल बढ्ने तथा काममा सफलता प्राप्त हुने योग भएपनि नयाँ कामको प्रस्तावमा हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। जीवनमा सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । मानसम्मान प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भाग्यले साथ दिनेछ । कार्यगति बढ्नेछ । मनोकुलको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर, नजिकका साथीभाइ टाढिन सक्छन् भने अरूको फाइदाका लागि उपयोग भइनेछ । आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): जोखिम बढ्नेछ तर कार्यक्षमता वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ भने इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । साथै, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले पनि सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दु:ख पाइएला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन रमाइलैसँग बित्नेछ । आरोग्यता र आनन्द बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आज धनलाभको सम्भावना छ , साथै टाढाको यात्राको पनि योग रहेको छ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आरोग्यशक्तिका लागि आज खानपानमा विशेष ध्यान दिनुपर्ला । पराक्रम र शुभता बढ्नेछ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्न सक्छ भने ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने तथा शत्रुमाथि विजय प्राप्त हुने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आज अस्थिर व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । अनायसै धन खर्चनुपर्ने परिस्थिति पनि आइपर्न सक्छ। आम्दानीका काममा भाँजो हाल्नेहरु सक्रिय रहन सक्छन् । तथापि, प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन व्यस्तता बढ्नेछ भने काममा सफलता नै मिल्ने देखिन्छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । तथापि, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । मान सम्मानमा भने निरन्तर वृद्धि भइरहनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम वृद्धि हुने र अवरसरको लागि विशेष प्रयत्न गर्नुपर्ने समय छ । कर्ममा सफल साबित हुनुहुनेछ, उत्साह बढ्नेछ । धन आर्जन गर्ने मौका छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हेला । मित्रजनको सहयोगले हिम्मत दिलाउनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): धनबल बढ्नेछ भने उन्नतिको योग छ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट भने केही धोका पाइने सम्भावना छ । दैनिक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आरोग्यता बढ्नेछ । भ्रमणप्रति रुचि बढ्ला । कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। स्वास्थ्यप्रिति भने सचेत रहनुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कार्य क्षमता वृद्धि हुनेछ तर अध्ययनमा मन नजाने समय छ । प्रयासरत काम बन्नेछ र आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउने योग छ । बोलीको प्रभाव बढ्नेछ । यसका बाबजुद अनावश्यक वादविवादमा परिने समय छ। सजग रहनुहोला । आरोग्यता वृद्धि होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन मिहेनतले रंग देखाउनेछ । आय वृद्धि हुनेछ । कार्यदक्षता वृद्धि होला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। व्यावसायिक काममा मनग्य फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । तथापि फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!