प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस नेपाल भित्रिन नदिन सबै प्रयास गर्न निर्देशन दिएका छन् । मिर्गौला प्रत्यारोपणपछि आज डिस्चार्ज भएका ओलीले वालुवाटार पुगेलगत्तै केही मन्त्री, नेता र सल्लाहाकारहरुसँग छलफल गरेका हुन् । त्यसक्रम ओलीले कुनै पनि हालतमा नेपालमा कोरोना भाइरस भित्रिन नदिने निर्देशन दिएका हुन् ।प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले ओलीले सात वटै प्रदेशमा प्रयोगशाला स्थापना गर्न निर्देशन दिएको जानकारी दिए । ओलीसँगको भेटमा सहभागि रावतले आइसियुसहितको अस्पताल स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।छलफलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री, भानुभक्त ढकाल, राजनीतिक सल्लाहाकार विष्णु रिमाल सहभागि रहेको रावतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!