हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 2239  पटक पढिएको

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत त्यहीबाट भर्चुअल बैठकमा सहभागी भएका थिए । कार्यकारिणी समितिको निर्णयबाट जनमत पार्टी सो सरकारमा सहभागी हुने पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले बताए ।

कुन र कतिवटा मन्त्रालय लिने विषयमा बालकोटमा छलफल जारी रहेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत अझै बालकोटकै छलफलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!