शुक्रबार, फाल्गुण ३०, २०७६ || 644  पटक पढिएको

स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका ६ भारतीय नागरिकमा उच्च ज्वरो देखिएका कारण भारत फर्काइएको छ । प्रहरीका अनुसार भारतको बङ्गाल बस्ने १९ वर्षीय मुर्र हस्दा, २९ वर्षीय निक्ल हस्दा र सोही ठाउँका २१ वर्षीय राहुल मिया, विहारका २६ वर्षीय विद्युत सरकार, भारत उत्तरदिनातपुर निवासी ३२ वर्षीय दीपेश सरकार र मुण्डा गाउँका २९ वर्षीय समिर मुण्डालाई भारत फर्काइएको हो । काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका पाँच सय ६१ जनामा स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा उच्च ज्वरो पाइएपछि भारत फर्काएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार मात्रै कोरोना भाइरसको आशङ्कामा दुई युक्रेनी नागरिकलाई अध्यागमन कार्यालय काँकडभिट्टाले प्रवेषाज्ञामा रोक लगाएको थियो । भारतका सिक्किम, दार्जिलिङलगायत शहर भ्रमण गरी नेपाल प्रवेश गर्ने क्रममा युक्रेनी नागरिकमा समेत उच्च ज्वरो देखिएपछि भारत फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!