हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 2266  पटक पढिएको

 विष्फोटक पदार्थमा प्रयोग हुने सामानसहित कैलालीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतबाट अवैध रूपमा २३ किलो गन्धक र पाँच किलो सुरा लिएर आइरहेको अवस्थामा सशस्त्र प्रहरीले कैलारी गाउँपालिका –४ ‘के गाउँ’ का ४७ वर्षीय सोमनारायण गामु डङ्गौरालाई पक्राउ गरेको हो ।

रा २ प ४३८७ नम्बरको मोटरसाइकलमा कच्चा विष्फोटक पदार्थ ल्याउँदै गर्दा डङ्गौरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सशस्त्र प्रहरी बलको बीओपी खोनपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुवास खत्रीको कमाण्डमा खटेको सशस्त्र प्रहरी टोलीले नेपाल–भारत सीमा नजिक रहेको मोहनपुर क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय हसुलियामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!