हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 794  पटक पढिएको

बिराटनगर। तेली कल्याण समाज नेपाल मोरङ जिल्ला समितिको मासिक बैठक सम्पन्न भएको छ । नियमित मासिक रूपमा हुने बैठक तथा भेटघाट कार्यक्रम शनिबार रतुवामाई स्थित सिजुवा माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।

बैठकले मोरङ जिल्लामा रहेर विभिन्न क्षेत्रमा सेवा गरिरहेका तेली समुदायका व्यक्तिहरूलाई सम्मान गर्न तयार गरेको मापदण्डलाई अनुमोदन गरेको छ ।

यस्तै कक्षा १२ मा राम्रो अकंका ल्याएर उत्र्तिण भएका ६ जना विद्यार्थीहरूलाई पनि सम्मानित गर्ने निर्णय भएको छ । सम्मान कार्यक्रम माघ दोस्रो साता गर्ने निर्णय भएको जिल्ला अध्यक्ष डा.बालकृष्ण साहले जानकारी दिए ।

यस्तै अमिन, सर्वेक्षक तथा नापी अधिकृतका लागि लोक सेवा तयारी कक्षा निःशुल्क गराउने तथा आजिवन सदस्य थप्ने कार्यलाई निरन्तरता दिने निर्णय भएको उनले बताए ।

बैठकमा जिल्ला कार्यसमिति उपाध्यक्ष हरी प्रसाद साह, मोरङ जिल्ला अध्यक्ष डा.बालकृष्ण साह, तेली कल्याण समाज नेपालका केन्द्रिय सदस्य नरेन्द्र साह, रतुवामाईका नगर अध्यक्ष घनश्याम साह, रंगेली नगर अध्यक्ष अशेश्वर साह, सुनबर्शी नगर अध्यक्ष महेशलाल साह लगायत जिल्ला कार्यसमिती सदस्यहरू, नगर समितिका पदाधिकारीहरू साथै सल्लाहकारहरूको उपस्थिती रहेको जिल्ला सचिव सुनिल साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!