हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 673  पटक पढिएको

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् । कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् । मेसी विजयी र्यालीमा सहभागी छन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ ।

खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेसीको सम्झौता सकिँदै छ । यदपि, दोहामा पिएसजी अध्यक्ष नासेर अल खेलाफीसँग मेसीले बार्ता गर्दै क्लबमै रहने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!