नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलो गर्दै जानुभएकाले उहाँको प्रधानमन्त्री हुने चाहना पूरा नहुने दावी गर्नुभएको छ । एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चको शनिबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सरकार गठनको कसरत चलिरहँदा प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दौडधुप गरिरहनुभएका बेला अध्यक्ष ओलीको यो पछिल्लो भनाइ आएको हो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो देखिन्छ ।” उहाँको प्रधानमन्त्री हुने इच्छा समयले नै समाप्त पारिदिएको छ ओलीले भन्नुभयो ।  अरुले पनि समयमा कदम नचाले देश फेरि मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावनामा जाने उहाँको बुझाइ छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पुष्पकमल दाहालजी, प्रधानमन्त्रीको ईच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नुभयो ।’ लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्छ उहाँले भन्नुभयो ।

“समयमा काम नगरिए समयले नै उपलब्धी समाप्त पार्छ” अध्यक्ष ओलीले भन्नुभयो, “तपाइँले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैं झेरर जान्छ ।” अध्यक्ष दाहालले समयमा कदम नचालेको उहाँको टिप्पणी छ । स्वार्थका टकरावका कारण समयमै सरकार बन्न नसकिरहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!