हिपमत डटकम

शनिबार, पौष ०९, २०७९ || 1395  पटक पढिएको

काठमाडौं नाइट्सले नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौंले पोखरा रेन्जर्सलाई २६ रनले हरायो ।

काठमाडौंले दिएको एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको पोखरानिर्धारित १९ ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रन बनाउनुभयो । आरिफ शेखले २०, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाउनुभयो । बलिङमा काठमाडौंका अभिनास बोहराले तीन, बसिर अहमदले दुई तथाअनिल खरेलले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो ।  खेल ढिलो सुरुभएकोले एक ओभर घटाइएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५ रन बनाउनुभयो ।

सुनाम गौतमले २७, एलेक्स ब्लेक्सले २१ रन र विरनदिप सिंहले १० रन बनाउनुभयो ।  कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुनुभएको थियो । बलिङमा पोखराका प्रतिस जिसी र जाहिर खान दुई दुई तथा मौसम ढकालले एक विकेट लिनुभयो ।

प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभयो । आजै दोस्रो खेलमा लुम्बिनी अलस्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यस लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!