एनसीसी अल्मुनाई एसोसिएसज नेपाल (एनसीसीएए) को पाँचौं वार्षिकोत्सवको अवसरमा शनिबार राष्ट्रिय सेवा दलद्वारा काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
प्रभातफेरी काठमाडौंको भोटाहिटी, रत्नपार्क, भद्रकाली र माइतीघर मण्डलाहुँदै जंगी अड्डासम्म गरिएको हो । कार्यक्रममा राष्ट्रिय सेवा दलका रथीवृन्द, अधिकृतहरु, एन्सीसीएएका पदाधिकारीहरु, दलका पूर्व तथा तालिमरत क्याडेटहरु र सैनिक व्याण्डको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमपश्चात राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीद्वारा जंगी अड्डास्थित सभामण्डप हलमा आयोजित एक कार्यक्रमकाबीच प्रभातफेरी कार्यक्रममा सहभागी टोलीलाई सम्बोधन गर्नु भएको थियो । यस अवसरमा एनसीसीएएले विभिन्न जिल्लाहरुमा पनि प्रभातफेरी लगायत विभिन्न कार्यक्रमहरु आयोजना गरको छ ।