हिपमत डटकम

शुक्रबार, पौष ०८, २०७९ || 4848  पटक पढिएको

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तीन तहकै सरकारले एकतावद्ध भएर काम गर्नसके मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नसके जीडीपीमा पनि सुधार ल्याउन सकिने बताउनुभयो ।

नेपालमा प्राकृतिक सुन्दरताका पक्षहरु धेरै रहेकाले नेपालले यसको फाइदा उठाउन सक्नुपर्ने बताउनुभयो । नेपालमा पर्यटकहरुका लागि पर्यटकहरुले चाहेको संस्कृति, कला, सौन्दर्य, प्रकृति र शाहसिक गन्तव्यहरु रहेको उहाँले स्पष्ट पार्नुभयो ।

पर्यटन विकासका लागि परम्परागत शैली त्यागेर अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक भुमिकाबाट पर्यटन क्षेत्रको विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । पर्यटकलाई पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने आजको आवश्यक्ता भएको उहाँको भनाइ छ ।

नेपाल पर्यटन दशक २०२३–२०३२ को रणनीतिक कार्ययोजना तयार गर्न बनेको विज्ञहरुसहितको कार्यदलले देशैभर बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनःउत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत अवस्थामा पुगाउने, पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतले वृद्धि गरी सन् २०३२ सम्म संख्या ३५ लाख पुगाउने, आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!