हिपमत डटकम

शुक्रबार, पौष ०८, २०७९ || 369  पटक पढिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

 

अध्यक्ष प्रचण्ड र नेता सिंहबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलकै निरन्तरतास्वरुप शुक्रबार बिहान नेताहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बिहीबार बालुवाटारमा भएको छलफलमा सत्ता बाँडफाँटबारे नेताहरुबीच औपचारिक छलफलको सुरुवात भएको थियो । त्यस क्रममा अध्यक्ष प्रचण्डले आलोपालोको सहमति अनुसार पहिलो २ वर्ष आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेका थिए । त्यसमा देउवाले सकारात्मक जवाफ दिँदै छलफल गर्दै अघि बढ्न सकिने बताएका थिए । तर देउवालाई पार्टीभित्रैबाट पहिलो पटक प्रधानमन्त्री नछोड्न दवाव परेको बताइएको छ ।

बिहीबार बालुवाटारमा भएको नेताहरुको छलफलमा प्रचण्ड र देउवाबीच आलोपालोमा प्रधामन्त्री, राष्ट्रपतिमा कांग्रेस,उपराष्ट्रपतिमा माओवादी, सभामुखमा माओवादी, उपसभामुख र राष्ट्रिय सभामा नेकपा एकीकृत समाजवादीलाई दिनेगरी सहमति गर्न सकिनेमा नेताहरू लगभग सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!