हिपमत डटकम

बिहिबार, पौष ०७, २०७९ || 9745  पटक पढिएको

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जनताको अपेक्षाअनुसारको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथग्रहण गराएपछि संसद् भवनबाट बाहिरिने क्रममा उहाँले पत्रकारसँग कुरा गर्दै त्यस्तो बताउनुभएको हो ।

असल र इमानदारिताका साथ ज्येष्ठ सदस्यको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । जनताले चाहेको भूमिका आफूले सदनमा निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । ज्येष्ठ सदस्य जबराले सदनमा निष्पक्षपूर्वक आफूले संसदीय भूमिका निर्वाह गर्ने प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो पटक सदनको सदस्य भएर इमानदारितापूर्वक जिम्मेवारी निर्वाह गर्छु, असल र इमान्दारीसाथ ज्येष्ठ सदस्यको भूमिका निर्वाह गर्नेछु ।’ सभामुख जबराले ज्येष्ठ सदस्यको हिसाबले आफूले काम सकेपछि सदनमा जनताका भनाइलाई बुलन्द पार्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!