हिपमत डटकम

बिहिबार, पौष ०७, २०७९ || 503  पटक पढिएको

 नेपाल नगरपालिका सङ्घको आठौँ महाधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना अध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौँमा सम्पन्न महाधिवेशनले ढुङ्गाना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ यसअगाडि सङ्घको महासचिव हुनुहुन्थ्यो ।

उहाँ २०५४ सालमा साबिक गाउँविकास समिति राष्ट्रिय महासङ्घको पनि महासचिवमा निर्वाचित हुनुभएको थियो । त्यस्तै  उपाध्यक्षमा  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, दाङको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधारी महासचिव, काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल उपमहासचिव,  खोटाङको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई कोषाध्यक्ष र मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा सह–कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । महाधिवेशनबाट पदाधिकारीसहित ३९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!