हिपमत डटकम

बुधबार, पौष ०६, २०७९ || 2954  पटक पढिएको

विराटनगर । विगत चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा ल्याइएको छ । बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो । मेयर नागेश कोइरालाले सम्बन्धित शाखा प्रमुखलाई मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । मर्मतपछि ब्रुमरबाट बुधबार कञ्चनबारीचोकदेखि नहरसम्मको सडक सफाई गरिएको छ । ब्रुमरले सफा गरेपछि दमकलबाट सडक पखालिएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने मेयर कोइरालाको योजनाअन्तर्गत महानगरका मुख्य र बढी आवतजावत हुने सडक पखाल्ने काम भइरहेको छ । मंगलबार एयरपोर्ट रोड पखालिएको थियो ।

ब्रुमरबाट महानगरका मुख्य सडकको धुलो बढारिनेछ । लामो समयदेखि थन्किएको ब्रुमर मर्मतपछि कञ्चनबारीचोकदेखि पश्चिम नहरसम्मको सडक सफा गरेर परीक्षण गरिएको छ । “बिग्रिएर लामो समय थन्किएका कारण मर्मत गरेर परीक्षण गरेका छौं,” प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले भने, “अझै केही सानातिना समस्या रहेको छ । अझै परीक्षण गरेर समस्या देखिए मर्मत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइनेछ ।”

बु्रमरले सफा गरेपछि सडकलाई पखालेर चिकिक्क पारिएको छ । सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने ब्रुमर यति लामो समयसम्म सञ्चालन नआउनु आफूलाई आश्चर्य लागेको स्थानीय प्रमेश बस्नेतले बताए । उनले नयाँ नेतृत्व आएसँगै महानगरको सफाईमा आमूल परिवर्तन आएको प्रतिक्रिया दिए । बस्नेतले विराटनगरमा पछिल्लो समय धेरै नै परिवर्तनको महसुस गरेको सुनाए । “आलोचना र विरोध गर्नेहरुले त गरिनै रहन्छन् तर विराटनगरमा धेरै नै परिवर्तनको महसुस गरेको छु मैले,” बस्नेतले भने । आफ्नो वडामा ब्रुमरबाट सफा गरिएपछि वडाध्यक्षसमेत दंग परेका थिए । वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले लामो समयसम्म मर्मत नगरी थन्किनु आश्चर्यजनक भएको प्रतिक्रिया दिए । अभियानअन्तर्गत महानगरका १९ वटै वडामा सफाई गरिने उनको भनाइ थियो ।

सफाई अभियानमा प्रमुख प्रशासकीय अधिकृत कोइरालासहित विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, ४ का जितन थापा, वडा सदस्य, महानगरको सरसफाई महाशाखा प्रमुख पुनम दाहाललगायतको सहभागिता थियो । २०७५ असोजमा महानगरपालिकाले ५५ लाख रुपैयाँमा ब्रुमर खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!