अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले विश्वकपको उपाधिको खुसीयाली मनाउने क्रममा पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको मजाक उडाएका छन् । मार्टिनेजलाई एम्बाप्पेको अनुहारको तस्बिर भएको गुडिया बोकेर खुसीयाली मनाइरहेको पाइएको हो ।

एस्टन भिल्लाका गोलकिपरले कतार विश्वकपको लुसेल स्टेडियममा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सका दुईवटा प्रहार रोक्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । ३० वर्षीय खेलाडीले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको रूपमा गोल्डन ग्लोबको अवार्ड हात पारेपछि गरेको आपत्तिजनक सङ्केत गरेपछि हेडलाइन बनेका थिए ।

त्यसपछि ड्रेसिङ रुममा अर्जेन्टिनाले खुसीयाली मनाउने क्रममा उनले फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेका लागि एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए ।

अहिले ब्युनोस आयर्समा विश्वकप उपाधिको खुसीयाली मनाउने क्रममा बसको माथि मेस्सीसँगै देखिएका उनले हातमा एम्बाप्पेको अनुहार टाँसिएको गुडिया बोकेको पाइएको छ । यसअघि मार्टिनेजले विश्वकपमा आफूविरुद्ध फ्रेन्च समर्थकहरुले हुटिङ गरेका कारण आपत्तिजनक सङ्केत गरेको स्पष्टीकरण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!