झारफुकको नाममा बिरामी महिलालाई तातो तेल खन्याएर पन्युले डामेको आरोपमा प्रहरीले काठमाडौंबाट थप ४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुकको नाममा आफूलाई माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीलाई यातना दिएकी हुन् । सचिता र उनका सहयोगीले तातो तेल शरीरमा खन्याएर पन्युले डाम्दा भोजपुर घर भएकी ३६ वर्षीया सविता राई ‘रुपा’ घाइते भएकी छिन् ।

 

पुस ४ मा प्रहरीले सचिता मगरलाई पक्राउ गरेको थियो । सो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका २६ वर्षीय पदम बहादुर मगर, २६ वर्षीय संगम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङ छन् । चार जना आरोपीहरु झारफुक गर्ने महिलाका सहयोगी हुन् ।

मनमैजु बस्ने सविता राईलाई काम्ने र बर्बराउने समस्या देखिएपछि उपचार गराउन चिनजानका मान्छे मार्फत सचिता मगरकहाँ गएकी थिइन् । अर्घाखाँची घर भएकी सचिता र उनका सहयोगीले रोग निको पार्ने नाममा तातो तेल शरीरमा खन्याएर पन्युले डामेको आरोप छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

आरोपीहरु विरुद्ध कुटपिट वा अंगभंग सम्बन्धी कसुरमा अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!