हिपमत डटकम

बुधबार, पौष ०६, २०७९ || 925  पटक पढिएको

पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं. ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो ।

 

नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको हो । पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने स्थान) सञ्चालनमा रहेको थियो । उक्त गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!