बिराटनगर ।मोरङ रंगेलीमा ईन्जिनियररिङ हारिजीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । पब्लिक सेकेन्डरि स्कुल रंगेली दिपार्टमेन्ट अफ ईन्जिनियरिङमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।६ वटा समुहमा बिभाजित भएर संचालन गरिएको उक्त प्रतियोगितामा प्रथम स्थान अमरेन्द्र कुमार साहको समुह भएको छ । समुहमा ईमरान हुसेन ,निल हस्दा,सन्तोष कुमार यादव,रंजित कापैर र निशान्त कुनार दास रहेका थिए ।
त्यसतै दृतिय स्थान ओगट्ने समुहमा अमरलाल मण्डल ,अजय कुमार मण्डल ,सोनु कुमार गोडि ,शिव बहरदार,उमेष माझी ,रोशन कुमार मण्डल रहेका थिए ।
त्यस्तै तृतीय स्थान ओगट्न सफल समुहमा बिकेश सरदार,आषिका गुप्ता,रन्जना चौधरी ,दिपेश प्रसाईं ,चन्द्र भुषण मण्डल रहेका थिए ।
प्रथम दृतिय र तृतीय भएका बिद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिने स्कुलका प्राबिधिक प्रमुख ईन्जिनियर कमलेश्वर ठाकुरले बताए ।बिद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेशयले नियमित यस्तो कार्यक्रमहरु गर्दै आएको ठाकुरले वताए । कार्यक्रममा बिधालयका प्रधानाध्यापक बिरेन्द्र कुमार साह ,स्कुलका बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।