हिपमत डटकम

मंगलबार, पौष ०५, २०७९ || 591  पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपतिशमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएको थियो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘‘सङ्घीय संसद् सचिवालयबाट ज्येष्ठ सदस्यको नाम सिफारिस भएर हिजो सोमबार आएको छ, भोलि बुधबार दिनको १ बजे उहाँको शपथ ग्रहणको तयारी गरिएको छ ।’’

ज्येष्ठ सदस्यको शपथग्रहण संक्षिप्त हुने र आमन्त्रित गर्नुपर्ने विशिष्टि व्यक्तित्वका बारेमा छलफल भइरहेको छ ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गराउने तयारी सचिवालयले गर्नेछ ।

यसैबीच, सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गर्नुभएको अत्यन्त जरुरी सूचनामा अन्य प्रतिनिधि सभाका सदस्यको निर्वाचन बिहीबार दिनको १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ ।

शपथ ग्रहण भाग लिने सांसदहरूले बिहान ११ बजे नै निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकता र पासपोर्ट साइजका दुई वटा तस्बिर लिएर सम्मेलन केन्द्र पुग्नुपर्नेछ ।

साथै राष्ट्रिय पोशाक र आ–आफ्नो सांस्कृतिक पहिचान पोशाकमा आउन सांसदहरूलाई आग्रह गरिएको छ । आफ्नै मातृभाषामा शपथ लिन चाहने सांसदले शपथको व्यहोरा आफ्नो भाषामा अनुवाद गरेर लिएर जानुपर्नेछ ।

प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय छ । ज्येष्ठ सदस्यलाई  सभामुख निर्वाचित नभएसम्म सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!