एजेन्सी । अमेरिकी संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।

गत वर्ष अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणको छानबिन गर्ने क्रममा समितिले ट्रम्पलाई दोषी ठहर गर्दै मुद्दा लगाउन सिफारिस गरेको हो ।

आक्रमणकारी उक्साउने, आधिकारिक कारबाहीमा अवरोध पु–याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान दिएको चार आरोपमा संसदीय समितिले ट्रम्पमाथि थप अनुसन्धान गर्न न्याय मन्त्रालयलाई सिफारिस गरेको हो ।

सात डेमोक्रेट र दुई रिपब्लिकनले एक सय एकसठ्ठी पेज लामो प्रतिवेदन तयार पारी ट्रम्पमाथि दंगाको क्रममा मतदाताहरुको इच्छा विपरित षडयन्त्र गरेको जनाएको हो ।

ट्रम्पले भने आरोप अस्वीकार गर्दै न्यायिक छानविन समितिलाई कंगारू अदालत अर्थात नक्कली अदालतको संज्ञा दिएका छन् ।

छानविन समितिले यसअघि ट्रम्पका चार पूर्व सहयोगीमाथि मुद्दा चलाउन भनिसकेको छ । उनीहरूमाथि चुनावको बारेमा दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन ट्रम्पका समर्थकहरुलाई उक्साएको एवं भड्काएको आरोप लगाइएको छ ।

क्यापिटल दंगाको सम्बन्धमा नौ सय भन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ ।

ट्रम्पले आफ्ना समर्थकहरूलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाम अस्वीकार गर्न उक्साएका थिए ।

सो क्रममा ट्रम्प समर्थकहरूले संसद् भवनमा तोडफोड गर्दै र हुलदङ्गा मच्चाउँदै जो बाइडनलाई विजेता घोषित हुनबाट रोक्ने प्रयास गरेका थिए । सो क्रममा प्रहरी सहित छ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!