हिपमत डटकम

सोमबार, पौष ०४, २०७९ || 43599  पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरुले संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन नेताद्वय शेखर कोइराला र गगन थापालाई आग्रह गरेका छन् ।

कांग्रेसको निर्वाचन समितिले संसदीय दलको नेताका लागि भोलि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । त्यसको अघिल्लो दिन सोमबार विहान डा. शेखर र महामन्त्री थापाबीच कुराकानी भएको थियो ।

दिउँसो समूहका नेताहरु छलफलमा जुटेका थिए । एक सहभागीका अनुसार महामन्त्री गगन थापाले आफूले संसदीय दलको नेतामा चुनाव लड्ने भनेर मत मागेको बताए । अहिलेको अंगकणितले संसदीय दलको चुनाव जित्ने अवस्था पनि भएकाले आफूलाई उम्मेदवार बन्न दिन उनले आग्रह गरेका थिए । उनले भनेका छन्, ‘मेरो नेता शेखर कोइराला हो, यसमा शंका गर्न जरुरी छैन ।’

डा. शेखरले भने १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग आफूले प्रतिस्पर्धा गरेकाले आफ्नै नेतृत्वमा अघि बढ्दा के फरक पर्छ भनेर प्रश्न गरेका थिए ।

 

छलफलमा सहभागी नेताहरुले भने यो समूहबाट एउटै उम्मेदवार हुनुपर्नेमा जोड दिएका छन् । ‘फलानो हुनुपर्छ भनेर हामीले भनेनौं । तपाईंहरु आपसमा बस्नुस् र दुईमध्ये एक हुनुपर्छ भनेका छौं’ बैठकमा सहभागी एक नेताले भने ।

नेताहरुका अनुसार सहमति खोज्न गगन र शेखरले आज सोमबार रातभरिको समय पाएका छन् । अन्यथा भोलि विहान ८ बजे बस्ने यो समूहको बैठकले टुंगो लगाउने बताइएको छ ।

बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले भने, ‘संसदीय दल चुनावमा जाँदा नेताहरुका बीच विभाजन नदेखियोस् भनेर गम्भीरतापूर्वक कुरा राख्याैं । त्यसै अनुसार शेखरजी र गगनजीले छलफल गर्ने कुरा भएको छ । सिट संख्या बढे पनि समग्र पपुलर भोटमा किन हामी पछि पर्याैं भन्ने कुराकाे समीक्षा भएकै छैन । त्यसैले समूहभित्र एकता अपरिहार्य छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!